• Saturday 25th July 2026

काठमाडौं बाहिर जान दिने कुनै निर्णय भएन

काठमाडौं बाहिर जान दिने कुनै निर्णय भएन


  • लुम्बिनी रिभ्यू

file photo

काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।

‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो ’, समितिका संयोक पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले  जानकारी दिए । यो समाचार रातोपाटी डटकमले लेखेको छ । 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend