• Saturday 25th July 2026

वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

दुई दर्जनभन्दा बढी धर्मप्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा


  • लुम्बिनी रिभ्यू

वीरगञ्जस्ति नारायाणी अस्पतालको आइसोलेसनमा रहेका तीन जना भारतीय नागरिकलाई कोरोनाभाइरस संक्रमण देखिएको पुष्टि भएको छ  ।  हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उत्तर प्रदेशका वासिन्दा भनिएका उनीहरु वीरगञ्ज वार्ड नम्बर-२ स्थित छप्कैया मस्जिदमा १५ दिनअघि देखि बस्दै आएका थिए । उनीहरुमा कोरोनाभाइरसको लक्षण देखिएपछि वडा २ अध्यक्ष अब्बास मियाँले बिहीबार १ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याएका थिए । मस्जिदमा रहेका २ दर्जन बढीको स्वाब परीक्षणका लागि हेटौँडा पठाइएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो ।
पहिलो रिपोर्ट पोजेटिभ आउने बित्तिकै प्रहरीले वीरगन्ज २ छपकैयास्थित श्रीराम हल अगाडी मेनरोडमा रहेको मस्जिदबाट दुई दर्जनभन्दा बढी मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई छप्कैया सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाएको छ ।  संयुक्त प्रहरी टोलीले मस्जिदमा बसेका २६ जना मुस्लिम धर्मका प्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो । प्रहरीले नियन्त्रणमा लिएका अधिकांश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् । मस्जिदमा विगत केहि दिनदेखि बस्दै आइरहेको अवस्थामा प्रहरीले शनिबार बेलुका नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।
कोरोना संक्रमण हुन सक्ने आंशकामा उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पर्नेरुले बताए । बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’ का लागि आएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend