बुटवल । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण गरेको कोरोना विशेष आइसोलेन अस्थायी अस्पतालमा भेन्टिलेटलर र आइसियू पनि जडान गरिएको छ । अब यहां चारवटा भेन्टिलेटर र आठ वटा आइसियू बेड निर्माण भएका छन् ।

आईतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल र थप सेवाहरुको निरीक्षण गर्नुभयो । मुख्यमन्त्रीसंगै उद्योग,बन बातारवरण मन्त्री लिला गिरी,सभासदहरु भोज प्रसाद श्रेष्ठ,दधिराम न्यौपाने,बिष्णु पन्थी,दीपा बिक लगायतले निरीक्षण गर्नुभयो । त्यसअवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी,अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अधयक्ष एजाज आलमले थप सेवाहरुका
बारेमा जानकारी गराउनुभएको थियो । आईसियुका लागि मुटु अस्पतालले सहयोग गरेको हो ।
यो अस्पतालमा हालसम्म ३१ जनाको उपचार भएको छ । जसमध्ये ३० जना निको भएर डिस्चार्ज भएको मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले जानकारी गराउनुभयो ।

लुम्बिनी रिभ्यू