नयाँ वर्ष २०७७ सालको सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएको छ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउन यस वर्ष बन्दाबन्दीका कारण सहज छैन ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।

लुम्बिनी रिभ्यू