• Saturday 25th July 2026

पढौं-नेपालमा कोरोनाबाट निको भएकी युवतीको अनुभव

पढौं-नेपालमा कोरोनाबाट निको भएकी युवतीको अनुभव


  • लुम्बिनी रिभ्यू

काठमाडाैं, वैशाख ६ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) लागेकी दोश्रो व्यक्तिले पूर्ण रुपमा निको भएर डिस्चार्ज हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनपछि कोरोनाबाट बच्नको लागि स्वय्म आइसोलेसनमा बस्नु पर्ने उहाँले प्रतिक्रिया दिनुभयो ।

टेकु अस्पतालबाट निको हुनुभएकी उहाँले ‘पब्लिक साइडबाट सेल्फ आइसोलेसनमा बसे कोरोनाबाट सुरक्षित हुने मेरो केसबाट प्रमाणित भएको छ ।’
उहाँले आफूले पाएको स्वास्थ्य सेवा अन्यत्रका विरामीलाई दिन सरकारसँग अनुरोध पनि गर्नुभयो ।

काठमाडाैं निवासी उहाँको लगातार चार पटकसम्म गरिएको परीक्षणमा नेगेटिभ आएपछि उपचारको २७ दिन पछि डिस्चार्ज हुनुभएको हो
कतार एयरको विमानमा फ्रान्सबाट दोहा हुँदै काठमाडौं आउनु भएका उहाँलाई सँगै यात्रा गरेका भियतनामी साथीलाई संक्रमण भएपछि उहाँको पनि स्वास्थ्य परीक्षण गर्दा उहाँमा पनि संक्रमण पाइएको थियो ।

यसैबीच, नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले संक्रमित ३० मध्ये दुईजनाको पूर्ण रुपमा निको भएको र बाँकी २८ जनाको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिनुभयो ।

-यो समाचार गोरखापत्र अनलाईनबाट लिईएको हो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend