काठमाडौं, बैशाख १२ गते । मन्त्रिपरीषद्को बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको सरकारी सञ्चार माध्ययमहरुले जनाएका छन् । उहाँले संविधानको धारा ११४ ९ख० बमोजिम फिर्ता गर्ने निर्णयका साथ राष्ट्पति समक्षा सिफारिस गर्ने निर्णय भएको बताउनुभयो ।
गत बैशाख ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी ९दोस्रो संसोधान० अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी ९पहिलो संशोधन० विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।

लुम्बिनी रिभ्यू