• Saturday 25th July 2026

नेपालमा जोखिम जारी रहेकाले लकडाउन लम्बियो

नेपालमा जोखिम जारी रहेकाले लकडाउन लम्बियो

कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन वैशाख २५ गते सम्म लम्ब्याईको छ


  • लुम्बिनी रिभ्यू

काठमाडौं, वैशाख १४गते । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिनुभएकाे हाे ।

साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलार्इ दुबै देशका सरकारबीचकाे समझदारीमा जान दिन निर्णय समेत गरेकाे उहाँले बताउनुभयाे । साथै हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म राेक्ने निर्णय भएकाे छ ।

चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि तीनपटक थपगरि सकेको छ । चैत ११ गतेदेखि १८ गतेसम्म निर्धारण गरिएको लक डाउन चैत १६ गते सरकारले पुनः दोश्रो पटकबढाएर २५ गतेसम्म पु¥याएको थियो ।
यो अवधिमा पनि संक्रमितको संख्या नेपालमा बढेकाले वैशाख ३ गतेसम्मको लागि तेश्रो पटक लक डाउनको अवधिबढाइएको थियो ।
छिमेकी देश भारतमा लक डाउनको समय बढाएको र त्यहाँकोरोना भाइरसका कारणले संक्रमणबढेसँगै नेपालमापनिबढ्न सक्ने आंकलनगर्दैैडाउनको अवधिचौंथो पटकमा १२ दिनबढाएर वैशाख १५ सम्म पु¥याएको हो ।
आइतबार नेपालमाथपदुईजनालाई संक्रमणभएर संक्रमित संख्या ५२ जनापुगेको छ भने १६ जनापूर्ण रुपमानिको भएर डिस्चार्ज भएकाछन् ।
संक्रमितअन्य ३५ जना देशकाविभिन्नअस्पतालमाउपचार गराइरहनुभएको छ । उहाँहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाप्रवत्ताडा. विकास देवकोटाले जानकारी गराउनुभएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend