• Saturday 25th July 2026

नेपालगञ्जमा थप संक्रमण,नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप संक्रमण,नेपालमा संक्रमितको संख्या १०२ पुग्यो


  • लुम्बिनी रिभ्यू

काठमाडौं, वैशाख २६ गते । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend