• Saturday 25th July 2026

नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु

नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु


  • लुम्बिनी रिभ्यू

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।

नरैनापुरस्थित क्वारेन्टाइनमा आइतबार २५ वर्षीय युवाको मृत्यु भएको हो । रोजगारीका लागि भारतको मुम्बइ जानुभएका उहाँ गत वैशाख ३० गते नरैनापुर आएर क्वारेन्टाइनमा बस्नुभएको थियो ।
परीक्षणका लागि शनिबार संकलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आइतबार बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भई युवकको मृत्यु भएपछि नरैनापुर क्वारेन्टाइनमा त्रास छाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend