• Saturday 25th July 2026

बढ्दैछन कोरोना जितेर घर फर्किनेहरू

बढ्दैछन कोरोना जितेर घर फर्किनेहरू


  • लुम्बिनी रिभ्यू

तस्बिर गोकर्ण पौडेल

बुटवल,  तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिइरहेको प्रदेश ५ मा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या पनि उत्साहजनक वृद्धि भइरहेको छ ।

पछिल्लोपटक दाङमा आठ जना सङ्क्रमितह निको भएर घर फर्किनुभएको छ । कोरोना विशेष अस्पताल, बेलझुण्डीमा उपचाररत उहाँहरू निको भएकोमा मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् बधाई दिनुभयो ।

यो प्रदेशमा अति संवेदनशील मानिएको बाँकेको नरैनापुरको जनजीवन पनि सामान्यतर्फ फर्किन थालेको छ । यहाँ नेपाली सेना र विशेष चिकित्सकहरूको टोलीसमेत क्रियाशील छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार प्रदेशमा अहिलेसम्म तीन सय ८३ जना सङ्क्रमित पत्ता लागेका छन् । तीमध्ये ४७ जना निको भएर घर फर्किसक्नुभएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend