• Saturday 25th July 2026

बुटवलको एक पसलबाट २ किलो सुन र नगद सहित ३ करोड रुपैया बराबरको चोरी

बुटवलको एक पसलबाट २ किलो सुन र नगद सहित ३ करोड रुपैया बराबरको चोरी


  • लुम्बिनी रिभ्यू

बुटवल । बुटवलको एक सुनचांदी पसलबाट २ किलो २४ तोला सुन र नगदसहित ३ करोड रुपैयाबराबरको धनमाल चोरी भएको छ ।
सोमबार राति बुटवल उपमहानगरपालिका–६ स्थित विपि चोकको कोटेश्वर गुल्मेली मजुवा सुनचा“दी पसलबाट यतिधेरै सुनसहित नगद ५ लाख समेत चोरी भएको हो । यद्यपि मान्छे भाग्नसक्ने आशंकामा प्रहरीले घटना सार्वजनीक गरेको छैन ।
पसलका सञ्चालक डिलबहादुर सुनारले २ किलो सुनका गहना, २४ तोला का“चो सुन र नगद ५ लाख चोरी भएको बताए । लुटेराहरुले घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी गरेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले लुटेराले वेल्डीड. मसिन प्रयोग गरेर पसलमा तोडफोड गरेर र लुटेको बताए । सिसिटिभी फुटेजका आधारमा घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend