• Saturday 25th July 2026

टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक

टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने टाइम अल नेट भ्वाइस प्याकसहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ ।

सोमबारदेखि सुरु हुने यो प्याकअन्तर्गत ग्राहकले ५९९ रुपियाँदेखि एक हजार ४९९ रुपियाँसम्मको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । जसअनुसार अबदेखि ९९९ रुपियाँ र एक हजार रुपियाँ ४९९ रुपियाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कसहित अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ ।

यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा प्याक अवधिमा चार सय र एक हजारवटा एसएमएस पठाउन सकिनेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend