• Saturday 25th July 2026

४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति

४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति


  • लुम्बिनी रिभ्यू

न्यूयोर्क । सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाउनुभएको छ  ।

सन् २००६ को मार्चमा यसको स्थापनापछि, ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ ।  तीमध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका छन् । ट्विटरले २०१७ को अन्त्यसम्म नाफाको गति लिन सकेन । यद्यपि ट्विटरले गतवर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो ।

हालको अवस्थामा ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने मस्कले बताउनुभएको छ । उहाँले नक्कली खाताहरूलाई हटाउने तथा कैयौ प्रतिबन्धलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनका लागि पनि आह्वान गर्नुभएको छ । कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो ।

फोर्ब्स पत्रिकाकाअनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्नुहन्छ । उहाँको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर छ । उहाँ विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेयरधनी हुन्नुहुन्छ ।  – एजेन्सी

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend