बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संघीयताले मुलुक आर्थिक संकटमा परेको बताउनुभएको छ ।
राप्रपा बुटवल उपमहानगर समितिको आयोजनामा विहिबार बुटवलमा भएको आम सभालाई सम्बोधन गर्दै उहाले सामान्य आखाले हेरेभन्दा देशको अवस्था फरक र ईतिहासकै अफ्ठ्यारो अवस्थामा परेको बताउनुभयो । ‘२५ वर्षदेखि नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र अनेकतन्त्रको नाममा झुक्याएर संघीयता पक्षधरले देश खाएका छन्,’ उहाले भन्नुभयो ।
देशको सम्पूर्ण राजनीतिक प्रणाली काम नलाग्ने भएको बताउँदै उहाले राजनीतिमा भ्रष्ट प्रवृत्ति महारोग भएको बताउनुभयो । ५ वर्षका लागि म्यान्डेट पाएको सरकार बीचमा परिवर्तन हुने तथा विभिन्नि समयमा भएका सत्ताको खेलले अहिलेको संघीय तथा राजनीतिक प्रणाली काम नलाग्ने प्रमाणीत भएको लिङदेनले बताउनुभयो ।
नेता लिंदेनले आफ्नो चक्रब्युह भित्रकैद गर्ने केही सिमित राजनैतिक नेताहरुलाई मुक्त गर्नका लागि एउटा योजना र संकल सहित आफुहरु आएको बताउनुभयो । देश असफल राष्ट्र हुनबाट बचाउन र युवा उद्यमशीलता बढाउन आफूहरु केन्द्रीत रहेको उहाको भनाइ थियो ।

लुम्बिनी रिभ्यू