• Saturday 25th July 2026

प्रचार डेस्क स्थापना

प्रचार डेस्क स्थापना


  • लुम्बिनी रिभ्यू

बुुटवल, बैशाख १५ । नेकपा एकिकृत समाजवादी रुपन्देहीले प्रचार प्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । विहिबार बुटवलमा बसेको प्रचार विभागको बैठकले प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षत तथा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईको प्रमुख आतिथ्यतामा बसेको बैठकले बुटवल र भैरहवामा प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

इन्चार्ज डा. चापागार्ईंले उम्मेद्वारहरुको सत्य र यर्थाथ विवरण मात्रै सार्वजनिक गर्न सके जनताले को सही को बेठिक भन्ने छुुट्याउने बताए ।

साे अवसरमा नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङ,प्रचार विभागका प्रमुख सरिता श्रीस लगायतले बाेलेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend