बुटवल । स्थानीय तहको निर्वाचन नजिकिँदै जादा विभिन्न राजनीतिक दलले आ-आफ्ना स्थानीय तहका घोषणापत्र तथा परिचयपत्र सार्वजनिक गरिरहेका छन् ।
एमालेले आगामी तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धतासहितको प्रतिबद्धता बुधबार सार्वजनिक गरेको छ ।

प्रतिबद्धतापत्रमा निर्माण र पाइपलाइन विस्तार गर्न संघ तथा प्रदेश सरकारबाट समेत लगानी सुनिश्चित गरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आवश्यक सहयोग र सहजीकरण गरिने उल्लेख छ ।
यस्तै नगरक्षेत्रभित्र ढलको समुचित व्यवस्थाको पहल गरी अब बन्ने नयाँ सडकमा ढल निर्माणसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।
नगरपालिकाबाट ‘राइट अफ वे’ निर्धारण गरिएका महत्त्वपूर्ण सडकहरूको ढल, नाली निर्माणमा प्राथमिकता दिने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय र नमूना बनाउने, स्वास्थ्य पूर्वाधार र गुणस्तर बढाउने, स्वरोजगार, व्यावसायिक कृषिलगायत क्षेत्रमा काम गर्ने खाका उल्लेख गरेको छ ।
एमालेले स्थानीय तह सदस्य निर्वाचनमा नगर प्रमुखमा मोहन चापागाईं तथा उपप्रमुखमा जागेश्वरी चौधरीलाई उम्मेदवार बनाएको छ ।

लुम्बिनी रिभ्यू