• Saturday 25th July 2026

तिलोत्तमामा गठबन्धनकाे प्रतिबद्धतापत्र  सावर्जनिक

तिलोत्तमामा गठबन्धनकाे प्रतिबद्धतापत्र  सावर्जनिक


  • लुम्बिनी रिभ्यू

बुटवल । प्रतिघर फोहोर व्यवथापन शुल्क हटाउने उद्घोषसहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्दनले आफ्नो प्रतिवद्धता सार्वजनीक गरेको छ ।

नेपाली कँंग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको नगरपालिकामा दुइ दलले बिहीबार संयुक्त प्रतिवद्धतापत्र सार्वजनीक गरेका हुन् । प्रतिवद्धता पत्रमा उद्योग व्यवसाय प्रवद्धनका लागि जीर्ण तथा रुग्ड उद्योग व्यवसायले तिर्न बाकी रहेको बख्यौता रकमको ५० प्रतिशत शुल्क मिनाहगरिदिने उल्लेख छ ।

यस्तै तालिम प्राप्त वा १२ कक्षा उत्तिर्ण युवायुवतीलाई विना धितो ४ प्रतिशत व्याजमा ऋण दिएर व्यवसायमा लगाउने उसको उद्घोष छ । नगरभित्र रहेका सबै प्रकारका हिंसा अन्त्य गर्न सबै वडाहरुमा हेल्पडेक्स राख्ने समेत दलको प्रतिवद्धता छ । प्रशाशन विज्ञहरुद्धारा नगर र वडा कार्यालय संचालन तथा व्यवस्थापन कार्ययोजना बनाएर लागू गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय तह निर्वाचनमा यहा“ प्रमुखमा कांग्रेसका रामकृष्ण खाण र उपप्रमुखमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उमेदवारी दिएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend