• Saturday 25th July 2026

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख २० देखि

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख २० देखि


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख २० गतेका लागि आह्वान गरिएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले विज्ञप्तिमार्फत बैठकबारे जानकारी दिनुभएको छ। प्रदेश सभाको नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश प्रमुखको आह्वानमा बैठक बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर विरोध र अवरोधका बीच प्रतिस्थापन बजेट पारित गर्दै असोज २९ मा प्रदेश सभा अन्त्य गरिएको थियो । ६ महिनाभित्र बैठक बस्नुपर्ने कानुनी बाध्यता भएपछि चुनावको मुखमा भए पनि केही दिनका लागि प्रदेश सभा आह्वान गरिएको उपसभामुख कृष्णी थारुले बताउनुभयो।

सूर्य चिह्नबाट चुनाव लडेका आफ्ना २ सांसदको कारबाहीको माग गर्दै एमालेले साउनयताका बैठक अवरोध गर्दै आएको छ । सरकारले भने सूर्य चिह्नबाट चुनाव लडेका विवादित सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई राज्यमन्त्री बनाएको छ । प्रदेश सभा बैठक बस्ने अवस्था नरहेको भन्दै पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन ल्याएको छ ।

यसपालि पनि प्रदेश सभा कसरी सञ्चालन गर्ने र विवाद साम्य पार्ने भन्नेबारे छलफल नभएको एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend