• Saturday 25th July 2026

‘अब युवाले मुलुकको नेतृत्व गर्नुपर्छ’

‘अब युवाले मुलुकको नेतृत्व गर्नुपर्छ’


  • लुम्बिनी रिभ्यू

भैरहवा। नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रिय अनुसाशन आयोगका सदस्य आदित्यनारायण कसौधनले स्थानीय तहको विकास र समृद्धिका लागि पार्टीका उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् ।

शुक्रबार पार्टीको सिद्धार्थनगर नगरपालिका स्तरीय निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै कसौधनले भने, ‘समाजवादीले युवा र महिलालाई हरेक क्षेत्रमा अगाडि बढाउन चाहेको छ । हामीले उम्मेदवारहरु पनि त्यस्तै किसिमले बनाएका छौं । अब युवाले नै मुलुकको नेतृत्व गर्नुपर्छ । त्यसका लागि हाम्रो उम्मेदवारलाई मतदान गर्न म नगरबासीलाई आग्रह गर्छु ।’

समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य डा.ऋषिराम शर्माले नगरमा सबै क्षेत्र बुझेको, स्पष्ट नीति, योजना भएको र लामो समय राजनीतिमा क्रियाशील युवा कुलेन्द्र पुनलाई मेयरको उम्मेदवार बनाएको बताए ।

मेयरका उम्मेदवार कुलेन्द्र पुनले सक्षम नेतृत्व नहुँदा सिद्धार्थनगरले चाहेजति विकास गर्न नसकेको बताए ।

प्रचार कार्यालय उद्घाटन कार्यक्रममा पार्टी केन्द्रिय सदस्य उमा काफ्ले, पार्टी जिल्ला सचिवालय सदस्य तारापति भण्डारी, नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।

यसैबीच नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर कमिटीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर विभिन्न कमिटीहरु गठन गरेको छ । समाजवादीले सिद्धार्थनग नगरपालिकामा मेयरमा कुलेन्द्र पुनलाई उम्मेदवार बनाएको छ । उपमेयरमा भने उसले उम्मेदवार उठाएको छैन ।
समाजवादीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा सबै पदमा महिला उम्मेदवार बनाएको छ । यहाँ अध्यक्षमा पुनम जयसवाललाई उम्मेदवार बनाएको समाजवादीले सदस्यहरुमा पनि महिलालाई नै उम्मेदवार बनाएको हो । सदस्यमा माया तेली, सिमा मित्तल, सलोनी हलवाई र निरादेवी सुनार छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend