बुटवल । बुद्ध एयरको जहाजको टायर पड्किएपछि बिहान ११ बजेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण रोकिएको छ।
काठमाडौंको लागि भैरहवास्थित गौतमबुवुद्ध विमानस्थलबाट उडान गर्न रनवेमा रनिङ गरेको उडान नं ८५६ को जहाजको टायर पड्किएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी सहायक निरीक्षक होम बहादुर मिदुन मगरले जानकारी दिए ।
अहिले उक्त जहाज रनवेमै रोकिएको छ भने अरु जहाजको उडान र अवतरण अवरुद्ध भएको मगरले बताए ।
टायर पड्किएपनि जहाज र यात्रुहरुमा कुनै क्षति भने नभएको मगरले बताए । जहाजमा ७० जना यात्रु थिए। सबै सुरक्षित छन् ।

लुम्बिनी रिभ्यू