• Saturday 25th July 2026

उम्मेदवारहरु घरदैलोमा

उम्मेदवारहरु घरदैलोमा


  • लुम्बिनी रिभ्यू

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलोलाई तीब्र पारेका छन् ।
घरघरमा पुगेर मतदाताहरु समक्ष आफ्ना प्रतिबद्धताहरु पुर्याउने क्रम जारी रहेको एमाले तिलोत्तमाले जनाएको छ । एमाले उम्मेदवारहरुले आफ्नो पार्टीको नेतृत्वमा तिलोत्तमालाई नमूना बनाएको बताउदै फेरि पनि आफ्नो पार्टीलाई भोट दिन आग्रह गर्ने गरेका छन् ।
घरदैलोका क्रममा मतदाताहरुले विकास गरेर प्रमाणित भैसकेको पार्टीका उम्मेदवारलाई भोट दिने प्रतिबद्धता जनाउने गरेको एमालेले जनाएको छ ।
एमालेले नगर प्रमुखमा मोहन चापागाईंलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा जागेश्वरी चौधरीलाई दोहोर्याएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend