• Saturday 25th July 2026

गठबन्धन बालुवाको लड्डु हाे,जतिसुकै मुठ्ठी पार्न खोजे पनि लड्डु बन्ने वाला छैन : विष्णु पौडेल (भिडियाे)

गठबन्धन बालुवाको लड्डु हाे,जतिसुकै मुठ्ठी पार्न खोजे पनि लड्डु बन्ने वाला छैन : विष्णु पौडेल (भिडियाे)


  • लुम्बिनी रिभ्यू

 

सदाबहार शालीन, भद्र र लागेको काम फत्ते गरेरै छाड्ने स्वभावका नेता हुनुहुन्छ-एमाले उपाध्यक्ष अर्थात पूर्व गृहमन्त्री विष्णु प्रसाद पौडेल । वैशाख १२ गते उमेदवारहरुले उमेदवारी दर्ता गर्ने दिन हौसला बढाउन आउनु भएका पौडेल गृह जिल्ला रूपन्देही रुपन्देहीका विभिन्न स्थानीय तहमा उमेदवार र अगुवाहरुलाई अभिमुखीकरण गरिरहनु भएको छ ।

कार्यकर्ता र सर्वसाधारणमा देखिएको हौसलाले उत्साही पौडेलले ६० प्रतिशत स्थानीय तहमा एमालेले जीत हासिल गर्ने बताउनुहुन्छ ।
उहाँ नेकपा एमालेको नेतृत्वमा मात्र विकास, समृद्धि सम्भव छ भन्ने कुरा हिजो एमालेले काम गरेका ठाउँमा स्थापित भएका मानकहरूले पुष्टि गर्ने बताउनुहुन्छ ।

एमालेले सरकारको नेतृत्व गर्दा विकासको, समृद्धिको र सामाजिक न्यायको मानक कायम गरेकाले  जनताले विकास र समृद्धि तथा सामाजिक न्यायको लागि एमालेलाई जिताउने र चुनाव जित्ने उहाँकाृ बिश्वास छ। एमालेले हिजो अवसर पाएको बेला काम गरेको र भोलि पनि यसले अवसर पायो भने गर्छ भन्ने कुरा जनताको मनमा गढेकाले पनि जनताले एमालेलाई नै भोट हाल्ने र जिताउनले उहाँको भनाई छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend