• Saturday 25th July 2026

निर्वाचन पर्यवेक्षणका लागि ६८ वटा संस्थाका २० हजार पर्यवेक्षक

निर्वाचन पर्यवेक्षणका लागि ६८ वटा संस्थाका २० हजार पर्यवेक्षक


  • लुम्बिनी रिभ्यू

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ६८ वटा संस्थाले २० हजार पर्यवेक्षक खटाउने जिम्मा पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अनुमानित सङ्ख्या पेश गर्न भनेकोमा अहिलेसम्मको विवरणअनुसार पर्यवेक्षकको सङ्ख्या २० हजार पुगेको निर्वाचन वैदेशिक शाखाका उपसचिव कमल भट्टराईले बताउनुभयो ।

भट्टराईका अनुसार अहिलेसम्मको विवरणमा पर्यवेक्षकको सङ्ख्या २० हजार पुगेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्धारित प्रक्रिया र मापदण्ड पालन भए/नभएको कुराको सुनिश्चित गर्न पर्यवेक्षक खटाउने गरिन्छ । ‘सुरुमा अनुमानित संख्या पेश गर्न भनिएको थियो, संस्थाले अनुमति पाइसकेपछि व्यक्तिगत विवरण पठाउनुपर्ने हुन्छ, त्यो आउने क्रम जारी छ, आउने क्रम जारी रहेकाले परिचयपत्र वितरणको काम सकिएपछि मात्रै कूल संख्या थाहा हुन्छ,’ उपसचिव भट्टराईले भन्नुभयो ।

नेपाल पर्यवेक्षण समितिले पर्यवेक्षकको सबै तयारी पूरा गरेको जनाएको छ । समितिले स्थानीय तहको निर्वाचनका लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालन गरिसकेको जनाएको हो । समितिले ७७ जिल्लामा चार सय छोटो अवधिका पर्यवेक्षक खटाउने पनि जनाएको छ । यस्तै, निर्वाचन पर्यवेक्षण गर्ने पर्यवेक्षकका लागि स्थानीय तह निर्वाचन पर्यवेक्षण आचारसंहिता, २०७३ लागू गरिएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend