• Saturday 25th July 2026

गृह जिल्लामा एमाले उपाध्यक्ष पौडेलको दैनिकी : आफ्ना मतदातासंग सम्वन्ध नविकरण,उम्मेदवारहरुलाई हैसला

गृह जिल्लामा एमाले उपाध्यक्ष पौडेलको दैनिकी : आफ्ना मतदातासंग सम्वन्ध नविकरण,उम्मेदवारहरुलाई हैसला


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल अहिले आफ्नो गृह जिल्ला रुपन्देहीमा ब्यस्त छन् ।
बिशेष अवस्थामा काठमाण्डौँ आउने बाहेक पौडेलको दैनिकी आफ्ना मतदाताहरुसंग सम्बन्ध नबिकरण र बिस्तारदेखि स्थानीय निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुको हौसला बढाउन केन्द्रित छ ।

उनी मंगलबार बुटवल–११ का विभिन्न टोलहरूमा पुगेर मतदातासामु एमालेका उम्मेदवारहरूलाई जिताउन मत माग्दै घरदैलो गरे । अब्यवस्थित बसोवासी रहेको उक्त वडा उम्मेदवार जिताउने र हराउने भोट बैंकका रुपमा रहेको छ ।

घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता पौडेलले विकास र जनताका सरोकारका मुद्दा एमालेसग मात्र रहेको जनताले बुझेकाले एमाले बाहेक अरु नरोज्ने बताए । एमालले गरेका विकास र संवृद्धिका कामले पाटीेप्रति जनताको असाधारण उत्साह रहेको बताउदै उनले आएकोले एमालेको जित सुनिश्चित रहेको बताए ।


बुटवलको सबैखाले भूमी समस्या र सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने काममा आफू निरन्तर लागेको पौडेलले बताए । सुकुम्वासीलाई जग्गाधनी बनाउन निस्सा संकलनपछि अन्तिम अवस्थामा गठबन्दन सरकारले पूर्जा वितरण रोकेको बताउदै पुन एमाले सरकार आउनासाथ काम लयमा ल्याउने जनाए । ‘एमाले नेतृत्वको सरकारले अवेवस्थित र सुकुम्बासीलाई जग्गाधनी पूजा वितरणको लागि सबै प्रक्रिया पूरा गरे पनि सरकार ढलेपछि त्यो काम रोकिन पुग्यो’ नेता पौडेलले भने, ‘अहिलेको गठबन्धन सरकारले भूमि आयोग नैं खारेज गरेर अन्तिम समय रोकिन पुगेको हो । अहिलेको सरकारले सुकुमबासीका समस्याप्रति कुनै तत्परता देखाएको छैन । एमाले नेतृत्वको सरकार बनेपछि पूर्जाबिहीन नगरबासीले जग्गा धनी बनाउछौं ।’
नेता पौडेलले तिनाउ दानव करिडोर निर्माण क्षेत्रका बसोबासीहरूको पनि उचित प्रवन्ध गर्ने पनि बताए । करीडोर बनाउदा विस्थापित हुनेलाई उचीत ठाउमा स्थापित गर्ने क्षेत्र छनोट गरीसकेको बताउदै कुनै भ्रममा नलाग्न आग्रह गरे । ‘सडक निर्माणको कार्य र सडक निर्माणका क्रममा प्रभावित स्थानीयहरूलाई सुरक्षित र उचित स्थानमा बसोबासको प्रवन्ध मिलाउछौ’ नेता पौडेलले भने । नगरमा सानादेखि ठूला आयोजनामा रकम अभाव हुन नदिएको र सबैजसो विकासका काम भइरहेको बताउँदै नेता पौडेलले जनताको विकासका चाहना आफूले पूर्ण रूपमा बुझेको बताए । ‘विकासको चाहना हामीले बुझेका छौं । कार्यान्वनको जिम्मा हामी लिन्छौं । विकास सिक्न बुटवल आउने हामी बनाउँछौं’ पौडेलले भने ।

उनले नागरिकको मन एमालेले जितेको भन्दै बुटवलबाट मेयरका प्रत्यासी बाबुराम भट्टराई र डेपुटी मेयरका प्रत्यासी सावित्रादेवी अर्याल, एमालेसँग तालमेल गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवाहरू सहित सबै वडाहरूमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend