बुटवल – लक्षीत वर्गको जीवनस्तर बदल्ने बजेट बनाउन सरोकारवालाहरुले सुझाब दिएका छन् । लक्षीत वर्गमा विद्यमान कुरीति र कुसस्कार हटाउन चेतना प्रवाह आवश्यक रहेको भन्दै उनीहरुले कार्यक्रमलाई पनि बजेटमा समेट्न आग्रह गरे ।
सञ्चारिका समुह लुम्बिनीको संमन्वय र मन्त्रालयको आयोजानमा बिहीबार बुटवलमा भएको लैंगिक समानता, समावेशीकरणका लागि बजेटमा महिला, अल्पसंख्यक सिमान्तकृत समुदायको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लक्षित वर्गको बजेट विनियोजन गर्दा तालिम भन्दा पनि व्यवसायीक सिपमा दक्ष बनाउनुपर्ने बताए । विपन्न वर्गका लक्षीत समुदायसीपमा दक्ष भएपछि मात्र रोजगारीमा जोडिन र आत्मनिर्भर हुन सक्ने उनले जनाए ।
सञ्चारिका समुह लुम्बिनीको संमन्वय र मन्त्रालयको आयोजानमा बिहीबार बुटवलमा भएको लैंगिक समानता, समावेशीकरणका लागि बजेटमा महिला, अल्पसंख्यक सिमान्तकृत समुदायको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।‘ लक्षित वर्गको बजेट आवश्यकतामुखी हुनुपर्ने, समुदायले अपनत्व जनाउने र जीवनस्तर बदल्ने खालको हुनुपर्छ,’ उनले भने, ‘धेरै बजेट र कार्यक्रम नाम मात्रका हुदा परिवर्तन नदेखिएको हो । ’उनले लक्षीत वर्गमा विद्यमान कुरीति र कुसस्कार हटाउन चेतना प्रवाह आवश्यक रहेको भन्दै त्यस्ता कार्यक्रमलाई समेत बढवा दिने बताए ।
कार्यक्रममा बोल्दै सोही मन्त्रालयका सचिव नारायण प्रसाद सापकोटाले लैंगीक समावेशीकरण बजेट निर्माणको लागि प्रदेश सरकार सदैव सचेत रहेको बताए । उनले व्यवसायीक सिप, दक्षता अभिवृद्धि गरी स्वमलम्बन बन्ने प्रक्रियामा सहभागी हुनको लागि सबैलाई आग्रह समेत गरे । कार्यक्रममा सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले प्रदेशमा लैंगिक समानता र सामाजिक समावेशीकरणको अवस्था र त्यसमा आधारित बजेटबारे कार्यपत्र प्रस्तुत गरिन् । मन्त्रालयका कार्यक्रम अधिकृत सज्ञा भण्डारीले लैंगिक बजेट र त्यसको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिन् ।
कार्यक्रममा सञ्चारिका समुह रुपन्देही अध्यक्ष निरु गौतम, गैसस रुपन्देही अध्यक्ष रिमा विसी, निलहिरा समाजका आनिक राना, पत्रकार कृष्ण खनाल, मेनका चौधरी, उर्मीला यादव, अम्बीका दर्जी, सुजिता श्रेष्ठ, लगायतले बजेटमा महिला, अल्पसंख्यक र सिमान्तकृतका समस्या, आवश्यकता र तिनलाई बजेटमा उल्लेख गर्नेबारे सुझाब राखेका थिए । विषय कसरी आ– आफ्नो भनाई राखेका थिए ।

लुम्बिनी रिभ्यू