बुटवलको विकासलाई संस्थागत गर्न एमालेलाई जिताउनुस् : एमाले उपाध्यक्ष पौडेल
बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलको विकासलाई संस्थागत गर्न एमालेलाई जिताउन आग्रह गरेका छन् ।
बुटवलको विकासमा एमालेले मुहार फेरेको बताउदै उनले त्यही विकासलाई संस्थागत गर्न पनि एकालेलाई जिताउनुपर्ने बताए । बुटवल १९ को मनहरामा आयोजित वडाको चुनावी भेलालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहमा एमालेको सरकार भएमात्रै विकासका कामलाई तीव्रता दिन सकिने बताए ।
‘यसकालागि वडादेखि नै एमालेका जनप्रतिनिधिलाई जिताउनुपर्छ,’ उनले भने, ‘विकास गर्नेलाई भोट दिनुस् । तर, चुनाबका बेलामा भोट माग्न आश्वाशन दिन आउनेलाई भोट माग्न नदिनुस् ।’
अर्थमन्त्री पौडेलले आफू पहिलोपटक आउदा तिनाउ पारिका सेमलार र मोतीपुरका बासिन्दाले तिनाउमा यौटा पुल बनाइदिन आग्रह गरेको गरेको सम्झीए । ‘तपाइहरुले यौटा पुल बनाइदिन भन्नुभएको थियो । मैले जितेपछि अहिले तिनाउ र दानव नदीमा एक दर्जन पुल बनेका छन् । सडक र कुला बनेका छन् ।’
भेलामा बोल्दै एमाले जिल्ला सदस्य देवराज पोखरेलले एमाले विकास गर्ने पाटी भएको भन्दै लोभलालचका पछाडि लागेर भोट नसाट्न आग्रह गरे ।

लुम्बिनी रिभ्यू