• Saturday 25th July 2026

खानेपानीका उपभोक्तालाई मत माग्दै पत्राचार, आयोगद्धारा गल्ती सच्चाउन चेतावनी

खानेपानीका उपभोक्तालाई मत माग्दै पत्राचार, आयोगद्धारा गल्ती सच्चाउन चेतावनी


  • लुम्बिनी रिभ्यू

बुटवल – बुटवलमा खानेपानी उपभोक्ताहरुलाई रुख चिन्हमा मतदान गर्न भन्दै पत्राचार गरिएको छ ।
कांग्रेसका तर्फबाट बुटवल ११ का अध्यक्ष जितबहादुर मल्लले उपभोक्ताहरुलाई पाटी जुनसुकै भएपनि रुखचिन्हमा मतदान गरेर आफूलाई जिताउन अपिल गर्दै पत्राचार गरेका छन् ।

उनी प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हुन् । आफू २०६२ सालदेखि खटिरहेको बताउदै उपभोक्ताहरुलाई मतमाग्दै पत्राचार गरेका हुन् । उनी प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष हुन् । उक्त खानेपानी संस्थामा १ हजार ५ सय उपभोक्ता छन् ।
उपभोक्ताका घरघरमा पत्र पुगेपछि स्थानीयले सोमबार निर्वाचन आयोगमा उजुरी गरेका छन् । उजुरी परेपछि निर्वाचन कार्यालय बुटवलले कांग्रेस उम्मेदवारहरुलाई गल्ती सच्चाउन मौखिक चेतावनी दिएको छ ।

निर्वाचन कार्यालय बुटवलका प्रमुख लेखनाथ पौडेलले उम्मेदवारले खानेपानीका उपभोक्तालाई अध्यक्षको हैसियतमा रुख चिन्हमा मतदान गर्दै मत माग्दै पत्राचार गर्नु आचारसंहिताको उलंघन भएको बताए ।

उनले मेयरका उम्मेदबार खेलराज पाण्डे र वडाअध्यक्षका उम्मेदवार जितबहादुर मल्ललाई फोनमार्फत गल्ती सच्चाउन र आइन्दा यस्तो गल्ती नगर्न चेतावनी दिएको बताए । ‘घरघरमा बांडिएका पत्र फिर्ता लिएर आउन , आइन्दा यस्तो गल्ती नगर्न र २ घण्टामा लिखित जवाफ फर्काउन निर्देशन दिएको छु । ’ उनले भने, ‘कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार पाण्डे र वडाअध्यक्ष जितबहादुरले ठूलो गल्ती भयो । यसलाइ सच्चाउछौं भन्नुभएको छ ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend