• Saturday 25th July 2026

जननेता भण्डारीकाे स्मृतिमा एकेडेमीकाे नयाँ काम : अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता सुरु

जननेता भण्डारीकाे स्मृतिमा एकेडेमीकाे नयाँ काम : अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता सुरु


  • लुम्बिनी रिभ्यू

बुटवल, जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमाअण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता आजदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ ।
प्रतियोगिताको एक समारोहका बिच एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्य, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिब तथा पुर्व सिडियो हरि प्रसाद भन्डारीले ब्याटिङ र बलिङ्ग गरि उट्घाटन गरेका थिए । सिद्धार्थ रंगशालामा भएको उद्घाटन खेलमा भैरहवा टिमले देवदह टिममाथि २१ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको भैरहवाले २२ ओभरमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । भैरहवाका लागि ओपनर ब्याट्सम्यान समिर अलिले ३८, समिर ठकुरीले १२ नटआउट बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन । देवदहका विज्जल न्यौपानेले २ तथा अरिक खड्काले १ विकेट लिएका थिए ।
मध्यम लक्ष्य पछ्याएको देवदह १८.२ ओभरमा केवल ९७ रनमा रोकियो । पाचौ ओभरमा ३२ रनको साझेदारी हुदा पहिलो विकेट गुमाएको देवदह आठ ओभरमा ३ विकेट गुमाउन पुग्यो । देवदहका निराजन भट्टराईले २२, ओपनर ब्याट्सम्यान बिनय कार्कीले१६ र बिज्जल न्यौपानेले १५ बलमा १४ रन बाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन सकेनन । कम स्कोरमा रोक्न भैरहवाका विनय घर्ती क्षेत्रीले ५ ओभर बलिङ गर्दै २५ रन खर्चेर शानदार ६ विकेट लिएका थिए । यसैगरि आसुतोष पाण्डेले २ तथा सुप्रित घिमिरेले १ विकेट लिएका थिए । खेलमा भैरहवाका विनय घर्ती क्षेत्री म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
यसैगरि मंगलबार नै भएको दोस्रो खेलमा सैनामैना वरियर्स विजयी भएको छ । सैनामैनाले बुटवल टाईर्गसमाथि ६ रनको जित निकालेको हो । बुटवलले टस जितेर ब्याटिङको निम्तो दिएपछि सैनामैनाले २० ओभरमा ५ विकेटको नोक्सानीमा ९३ रन बनाएको थियो ।
सैनामैनाका लागि जोय थापामगरले ५१ बलमा २५, युवराज खत्रीले १७, महेश चन्दले ११ तथा सुसान्त थापाले १० रनको योगदान दिएका थिए ।
बुटवलका लक्ष्मण कुमाल र कबिर ढकालले समान ४ ओभर बलिङ गर्दै २–२ विकेट लिएका थिए । बुटवलका ब्याट्सम्यानहरु १९.५ ओभरमा सबै बिकेट गुमाएर ८७ रनमा रोकियो । उसका लागि सिजन रानाभाटले २२ र बिशेस भाटले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन । खेलमा सैनामैनाका रिदम सुवेदी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सचिवालय सदस्य तथा  क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए ।
त्यसअघि उद्घाटन कार्यक्रममा बोल्दै मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले मदनको विचार फैलाउदै किशोर खेलाडी छनोट गरी भविष्यमा व्यवसायिक खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेको बताए । एकेडेमीले क्रिकेटजस्तै अन्य खेलमा पनि व्यवसायिक खेलाडी उत्पादन गर्न काम थाल्ने उनले जनाए । एकेडेमीका केन्द्रीय सचिव तथा अन्तराट्रिय विभाग प्रमुख शक्ति वस्नेतले बालबालिका तथा युवालाई कुलतबाट जोगाउदै सारीरिक एवं मानसिक रुपले स्वस्थ बनाउन खेल अपरिहार्य रहेको बताए । एकेडेमीका केन्द्रीय सदस्य एवं क्रिकेट विभाग प्रमुख डा. शक्ति गौचनले बालबालिकालाई खेलकुदमा रुची जगाउन र व्यवसायिक उमेर समूहका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरेको बताए । उद्घाटन सत्रमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानका केन्द्रीय सचिव हरिप्रसाद भण्डारी, एकेडेमीका लुम्बिनी प्रदेश सह इन्चार्ज महेन्द्र लिगल, केन्द्रिय कार्यालय सचिव बिनोद आचार्य, केन्द्रिय सदस्य नन्द बहादुर काउछा, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, युबा नेता मनोज रिजाल, एकेडमीका सहसचिव सरिता रानाले क्रिकेट खेलको विकासमा उमेर समुहका प्रतियोगिताको आवश्यकता रहेको औलाउदै खेलप्रेमीहरुको सहयोगमा निरन्तरता दिने बताए ।
एकेडेमीका जिल्ला कमिटी अध्यक्ष मणिरत्न भण्डारीले किशोर खेलाडीहरुलाई शुभकामना दिएका थिए । जेठ ६ गतेसम्म हुने प्रतियोगिता जित्नेले मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend