• Saturday 25th July 2026

संसद् बैठक : नीति तथा कार्यक्रममाथि छलफल सुरु (लाइभ)

संसद् बैठक : नीति तथा कार्यक्रममाथि छलफल सुरु (लाइभ)


  • लुम्बिनी रिभ्यू

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।

सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘सम्माननीय राष्ट्रपति महोदयले २०७९ जेठ १० गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’’ भनी प्रस्ताव प्रास्तुत गर्नुभएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदस्यहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७९’’ पेश गर्नुहुने छ ।

त्यस्तै, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९’’ पेश गर्नुहुने कार्यतालिका रहेको महासचिव गौतमले जानकारी दिनुभयो ।

अहिले बिभिन्न दलका सांसदहरूले छलफलमा भाग लिइरहनु भएकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend