भैरहवा । तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका, सुशासन तथा पारदर्शिताको नगरपालिका बनाउने आफ्नो मूख्य अभियान रहेको बताएका छन ।
भैरहवामा पद तथा गोपनियताको शपथ लिने क्रममा नगरप्रमुख खाँणले सञ्चारकर्मिहरुसंग कुराकानीमा आफुले सार्वजनिक गरेको घोषणा पत्र अनुसार नै काम गर्ने बताए ।
“अहिले सबै भन्दा बढी महत्वपूणै क्षेत्र भनेको शिक्षा र स्वास्थ्य हो ।” खाँणले भने “यो क्षेत्रलाई कसरी माथी उकास्न सकिन्छ ? शिक्षा तर्फ कसरी सबैका छोराछोरीहरु सामुदायिक बिद्यालयमा पठनपाठन गर्छन भनेर नै त्यस तर्फ हामी लाग्छौं ।”

लुम्बिनी रिभ्यू