• Saturday 25th July 2026

शवहरूलाइ पोस्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी

शवहरूलाइ पोस्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी


  • लुम्बिनी रिभ्यू

तस्वीर नेपाली सेना

पोखरा । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा अहिलेसम्म २० जनाको शव भेटिएको छ ।

उद्धारका लागि नेतृत्व गरेर घटनास्थलमा पुग्नुभएका नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले सो जानकारी दिनुभएको हो । घटनास्थलमा प्राप्त शवलाई सिधैं काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याइ पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिने तयारी भइरहेको छ । तर, यो समाचार तयार पार्दासम्म पोखरामा शव ल्याइसकेको अवस्था छैन ।

कतिपय शवहरु चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्न अवस्था रहेको पनि जानकारी घटनास्थलबाट प्राप्त भएको छ ।

आइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । शव पहिचान, सुरक्षित बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

स्थानीयका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १३ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend