काठमाडौँ । काठमाडौँबाट अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गरिरहेको नेपाल नेश्नल हस्पिटलले बिभिन्न कार्यक्रमहरुसहित आफ्नो पाँचौ बार्षिकोत्सव मनाएको छ । साताब्यापी विभिन्न कार्यक्रमसंगै शनिबार हस्पिटलले बिशेष समारोह गरेको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्वउपप्रधान,अर्थ तथा गृहमन्त्री बिष्णु प्रसाद पौडेलले सबैका लागि सहज गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालको सकृयता प्रशंसनीय रहेको बताउनुभयो ।
देशको स्वास्थ्य क्षेत्रमा समस्याका चाङ्गहरु रहेको चर्चा गर्दै नेकपा एमालेका उपाध्यक्ष पौडेलले स्वास्थ्यकर्मीहरुका समस्या समाधान गर्दै र मनोबल बढाउँदै स्तरीय सेवाका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
एमाले उपाध्यक्ष पौडेलले मुनाफाभन्दा पनि सेवालाई केन्द्रमा राख्दै सबैको मनमा बस्ने गरी अग्लो अस्पताल बन्न शुभकामना दिनुभयो ।
सो अवसरमा अस्पतालका मेडिकल डाईरेक्टर डा.प्रकाश पौडेलले अस्पताल स्थापनाको ईतिहास स्मरण गर्दै गुणस्तरीय सेवा प्रवाहका लागि सञ्चालक,स्वास्थ्यकर्मी र कर्मचारीहरु प्रतिबद्ध रहेको चर्चा गर्नुभयो ।

बिगतमा कोभिडको उच्च जोखिमका बेला समेत साहसका साथ उपचारमा खट्न पाएको स्मरण गर्दै उहाँले शुन्यबाट शुरुवात भएको यो अस्पतालमा अहिले १८७ भन्दा बढि कर्मचारी, स्वास्थ्यकर्मी सकृय रहेको र दैनिक सय जनाभन्दा बढि बिरामीको उपचार भइरहेको जानकारी गराउनुभयो । उहाँले अस्पताल छिट्टै जग्गा र भवनमा सञ्चालन हुँने बिश्वास दिलाउनुभयो ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिका अस्पताललाई आबश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुर्ब आचार्यले स्वास्थ्य र खेल एकअर्काका परिपुरक भएको चर्चा गर्दै स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि राजनैतिक नेतृत्वसंग निरन्तर छलफल र अन्तरकृया जरुरी रहेको चर्चा गर्नुभयो ।

अस्पतालका अध्यक्ष रामचन्द्र शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा काठमाण्डौ उपमहानगरपालिका १४ नम्बर वडाका अध्यक्ष सुमन श्रेष्ठ,नागार्जुन नगरपालिका वडा नम्बर १० का अध्यक्ष सुन्दर केसी,स्थानीय अगुवा मोहन अधिकारी लगायतले बोल्नु भएको थियो ।
कृष्ण न्यौपाने र प्रियन्का मरासिनीले रोचक तरिकाले कार्यक्रम चलाएका थिए ।
दिनेश पौडेल र सानुकाजी श्रेष्ठले सहजिकरण गरेको कार्यक्रममा बिभिन्न प्रतियोगिताहरुमा उत्कृष्टहरुलाई पुरस्कार,बिभिन्न बिधाका उत्कृष्ट अवार्ड वितरणका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

शुरुमा सहभागिहरुलाई स्वागत गर्दै अस्पतालमा एक सञ्चालक मनोजराज सुवदीले कविता वाचन गर्दै भन्नुभएको थियो :
…राजधानीको मुटुमा अवस्थित
ओटी,आईसीयु र अत्याधुनिक सामान,
जानु पर्दैन अब उपचार गर्न
बेलायत,अमेरिका र जापान ।
शब्द र तस्बिरहरू : दीपक ज्ञवाली

लुम्बिनी रिभ्यू