• Saturday 25th July 2026

यस्ताे छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्ताे छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


  • लुम्बिनी रिभ्यू

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको १०औँ अधिवेशनको बैठकमा प्रस्तुत गरेका हुन् । नीति कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई विशेष प्राथमिकता दिइएको छ ।

सरकारले प्रदेश राजधानी क्षेत्रको दीर्घकालीन विकाससँगै अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्ने भएको छ । प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यसलाई समेटिएको छ ।

अहिले स्थायी राजधानी बनाइएको क्षेत्रमा नयाँ नगरपालिका बनाएर राजधानीको व्यवस्थापन गरिने जनाएका छन् ।

प्रदेशको राजधानी व्यवस्थापनबाहेक लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रूपमा विकास गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख शेरचनले बताएका छन् ।

यसै गरी नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्त्वपूर्ण योजनाको रूपमा अघि बढाइने प्रदेश सरकारको कार्यक्रममा उल्लेख छ ।

प्रदेशको स्थायी राजधानी व्यवस्थापनलाई लुम्बिनी सरकारले प्रदेश गौरवको आयोजनाको घोषणा गरेको छ । नीति कार्यक्रममार्फत प्रदेश सरकारले स्थायी राजधानी तोकिएको स्थान राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरेको हो । राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने राजधानी निर्माण गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रदेश सभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रूपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने पनि बताइएको छ । राजधानी तोकिएको स्थान अहिले राप्ती गाउँपालिकामा पर्दछ ।

यसै गरी कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवका आयोजनामा राखेर नमुना आयोजनाका रूपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपिडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । क्यान्सर तथा मुटुरोगीलाई २ लाख दिइने नयाँ योजनामा समेटिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend