• Saturday 25th July 2026

सञ्चारकर्मी महिलाहरुकाे क्षमता बढाउन लुम्बिनीमा फेरि अभियान

सञ्चारकर्मी महिलाहरुकाे क्षमता बढाउन लुम्बिनीमा फेरि अभियान


  • लुम्बिनी रिभ्यू

बुटवल । पत्रकार महिलाहरूकाे क्षमता अभिवृद्धिका लागि दुई दिने तालिम बुटवलमा सुरू भएकाे छ । विकास, सुशासन र समावेशी पत्रकारिता विषयक तालिममा साविक लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका पत्रकार महिलाकाे सहभागितामा सञ्चालन गरिएकाे हाे ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशकाे आयाेजनाामा भएकाे कार्यक्रम सञ्चारिका समूह लुम्बिनी प्रदेशले समन्वय गरेकाे हाे ।

करिब ५२ जना सहभागी रहेकाे कार्यक्रममा युवराज कंडेलले विकास र सुशासन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले विकासकाे सीमा नहुने, परिवर्तनशील भएकाे र विकास हामीले महसुस गर्ने कुरा भएकाे बताए । उनले विकास र सुशासनले मानिसकाे जीवनस्तरमा धेरै प्रभाव पार्ने बताए ।

सहभागीहरुले तालिम प्रयाेगात्मक र प्रभावकारी भएकाे बताउँदै आगामी दिनमा पनि यसैगरी प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे ।

सञ्चारिका समूल लुम्बिनीका अध्यक्ष अमृता अनमाेलले कार्यक्रमकाे सहजीकरण गरेकी थिइन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend