• Saturday 25th July 2026

इन्धनको मूल्य फेरी वृद्धि : के मा कति बढ्याे ?

इन्धनको मूल्य फेरी वृद्धि : के मा कति बढ्याे ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं। नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ ।

त्यसैगरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend