• Saturday 25th July 2026

मन्त्री विमलाको हर्कत प्रकरण : एमालेले माग्यो मुख्यमन्त्रीको जवाफ, बजेट पेस गर्न अवराेध

मन्त्री विमलाको हर्कत प्रकरण : एमालेले माग्यो मुख्यमन्त्रीको जवाफ, बजेट पेस गर्न अवराेध

घटनाकाे छानबिन गर्न समिति गठन


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनीमा राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले माग गरेपछि सदन केही समयका लागि स्थगित भएको छ ।

सदन सुरू भएसँगै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो गरेको निर्णय सुनाएपछि सभामुख पूर्णबहादुर घर्तीले सरकारको ध्यानाकर्षण गराउँदै २५ मिनेटका लागि सदन स्थगित गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारीमा रहे पनि एमालेको मागले समय धकेलिएको हो ।

मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेकी थिइन् ।

राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले संवैधानिक हिसाबले बजेट असार १ गते नै ल्याउनुपर्ने प्रावधानले सदन सुरू हुनासाथ विरोध जनाउने र आफ्नो कुरा राख्ने निर्णय गरेको थियो ।

एमालेले फरक मत राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि मात्रै बजेट पेस गर्न दिने निर्णय भएको एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए ।
यता सरकारले आजै घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend