दाड. ।
प्रजनन स्वास्थ्य , परिवार योजना र सुरक्षीत मातृत्वबारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
संचारिका समूह नेपाल लुम्बिनी प्रदेशको आयोजना र स्वास्थ्य निर्देशनालयको सहकार्यमा बांके र दाड.मा पत्रकार महिलाहरुबीच अन्तरक्रिया आयोजना गरिएको हो । जसमा प्रजनन स्वास्थ्य , परिवार योजना र सुरक्षीत मातृत्व के हो र तिनलाई कसरी समाचारमा उठान गर्न सकिन्छ भन्नेबारेमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
प्रजनन स्वास्थ्य अधिकार, प्रजनन स्वास्थ्यबारेको बुझाई, आम धारणा र लुम्बिनी प्रदेशमा त्यससंग सम्बन्धीत कार्यक्रम के के छन् भन्नेबारेमा समेत छलफल भएको थियो ।
कार्यक्रममा बांकेका जनस्वास्थ्य निरीक्षक नरेन्द्र श्रेष्ठले प्रजनन स्वास्थ्य , परिवार योजना र सुरक्षीत मातृत्वबारेमा सहजीकरण गर्नुभएको थियो । वरीष्ठ पत्रकार एवं पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रजनन स्वास्थ्य , परिवार योजना र सुरक्षीत मातृत्वका विषयलाई कसरी समाचारमा उठान गर्ने भन्नेबारेमा सिकाउनुभएको थियो । संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले प्रजनन स्वास्थ्य , परिवार योजना र सुरक्षीत मातृत्वबारेमा प्रयोगात्मक समाचारको अभ्यास गराउनुभएको थियो ।
पत्रकार महिलाहरुसंग बांकेमा जेठ २८ र दाड.मा ३० गते आयोजना भएको थियो । पत्रकार महिलाहरुलाई व्यवसायिक रुपमा समाचार संप्रेषण गर्न सिकाउन प्रजनन् स्वास्थ्य परिवार योजना र सुरक्षीत मातृत्व विषयमा तालिम दिने कार्यक्रमको लक्ष्य रहेकोे थियो । कार्यक्रममा दुई कार्यक्रममा गरी १०० जना पत्रकार महिला सहभागी भएका थिए । ती सबै लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रका कार्यरत महिला थिए । फिल्ड रिपोटिड.मै सहभागीलाई प्राथमिकता दिइएको थियो ।

लुम्बिनी रिभ्यू