• Saturday 25th July 2026

पाल्पामा डुंगा पल्टिँदा ६ जना बेपत्ता,खाेजी जारी

पाल्पामा डुंगा पल्टिँदा ६ जना बेपत्ता,खाेजी जारी


  • लुम्बिनी रिभ्यू

पाल्पा । कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको समेत उनले जानकारी दिए ।

रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएकाे इकान्तिपुरले लेखेकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend