बुटवल । अफेयर्स एजुकेसन एन्ड मिडिया प्रालिको आयोजनामा बुटवल स्थित होटल क्लव डेनभोमा बृहत् शैक्षिक मेला
शुरु हुँदै छ ।
दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहेको आयोजकले जनाएका छन् ।
आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गरिनेछ ।
नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।
शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ ।
भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गर्न लागेको नेपालका लागि प्रतिनिधि कुमार थपलियाले जनाएका छन ।

लुम्बिनी रिभ्यू