बुटवल । पेट्रोलियम पदार्थमा भएको नियमित मुल्यवृद्धिको विरोधमा रुपन्देहीमा विद्यार्थीहरु
विरोध प्रद्धर्शनमा उत्रिएका छन् ।
विरोधमा उत्रिएका अनेरास्ववियु सैनामैना र सहिद नारायण पोखरेल रामापुर क्याम्पसका विद्यार्थीले पूर्वपश्चिम राजमार्गको सैनामैनामा प्रद्धर्शन गरे । पेट्रोलियम पदार्थमा भएको नियमित मुल्यवृद्धि खारेज गर, महंगी नियन्त्रण गर भन्ने नारासहित उनीहरु सडकमा उत्रिएका हुन् । सडकमा उत्रिएका विद्यार्थीले टायर बाल्ने र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने सम्मका काम गरे । यसपछि प्रद्धर्शन रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो ।
विद्यार्थी प्रदीप ज्ञवालीले महंगीले ढाड सेकेका बेला प्रद्धर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले बल प्रयोग गरेर तितरवितर पारेको आरोप लगाए ।

लुम्बिनी रिभ्यू