• Saturday 25th July 2026

लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको प्रथम बैठक

लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको प्रथम बैठक


  • लुम्बिनी रिभ्यू

बुटवल । लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको प्रथम बैठक बुटवलमा सम्पन्न भएको छ । क्लबको भावि योजना निर्माणका लागि बैठक बसेको थियो ।

वर्ष २०२२ /०२३ का अध्यक्ष कमला पन्तको अध्यक्षतामा सोमबार अर्थात ४ जुलाई २०२२ मा पहिलो बोर्ड तथा जनरल बैठक बसेको हो । बैठकमा अध्यक्ष पन्तले आफूलाई अध्यक्ष बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो । जसमा आइपिपी अमृता कार्की, पुर्व अध्यक्ष सीता भट्टराई, पार्वती ज्ञवाली, राधिका भुसाल, अनमिका घिमिरे, सुस्मा केसी, तुल्सा न्योपाने सिंह, अमृता कालिराज, एवम फस्ट भिपी लक्ष्मी पाण्डे, सुमन पछाई, एसीता पाण्डे, सचिव सीता रायमाझी, कोषाध्यक्ष पुण्पा सापकोटा लगायतलाई हार्दिक आभार व्यक्त गर्नुभयो ।

अध्यक्ष पन्तले सस्थालाई गरिमामय बनाउन भूमिका खेल्ने अग्रज लायन्सहरुप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राखेको बताउनुभयो । सस्थाका पूर्व अध्यक्षहरुले बोल्दै सस्थालाई अझ उचाइमा पुर्याउन निरन्तर सहयोग गर्ने बताउनुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend