• Saturday 25th July 2026

पत्रकार अनमोललाई सञ्चारिका सम्मान

पत्रकार अनमोललाई सञ्चारिका सम्मान


  • लुम्बिनी रिभ्यू

बुटवल । पत्रकार अमृता अनमोल सञ्चारिका सम्मान २०७७  बाट सम्मानित हुनु भएकाे छ ।

संचारिका समूह रुपन्देहीले बुधबार  समूह रुपन्देहीकी संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेशकी अध्यक्ष अनमोललाई  एक कार्यक्रमका बीच सम्मान गरेकाे हाे । उहाँ कान्तिपुर मिडिया ग्रुपमा आबद्ध हुनुहुन्छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव दिपकराज नेपाल, बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा अर्याल तथा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले संयुक्त रुपमा १० हजार रुपैयां रकमसहित सम्मान तथा पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।

सम्मान ग्रहण गर्दै अनमोलले महिला सञ्चारकर्मीहरुलाई संगठित गरेर यो अवस्थासम्म आउनुलाई ठूलो सफलता मानेको बताउनुभयो । महिला तथा लैगिक विभेदमा परेकाहरुलाई राज्यको मुलधारमा ल्याउनुपर्नेमा जोड दिंदै उहांले सञ्चारिका समुहले यस क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको बताउनुभयो । सञ्चार क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको बताउंदै उहांले सहभागिता र समानताका लागि जोड दिनुभयो ।

समुहकी रुपन्देही अध्यक्ष निरा गौतमले सञ्चार क्षेत्रमा काम गर्दै आएका महिला सञ्चारकर्मीहरुका लागि सञ्चारिका सम्मानको सुरुवात गरिएको बताउनुभयो । कार्यक्रमको संचालन महासचिव अस्मिना पाण्डेले गर्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend