बुटवल । सडक क्षेत्र हरियाली बनाउन र वातावरण संरक्षण गर्न भन्दै तिलोत्तमा नगरपालिकाका विभिन्न सडक क्षेत्र आसपासमा वृक्षरोपण गरिएको छ ।
हरित पुनरूत्थान परियाेजना अन्तर्गत युएनडिपीको सहयोगमा जनसहभागिता वास स्वास्थ्य सहकारी सस्थाले आइतबार र सोमबार अर्थात जुलाइ १० र ११ मा वृक्षरोपण गरेको हो ।

सोमबार लुम्बिनी परिक्रमा क्षेत्रको सडक अन्तरगत तिलाेत्तमा वडा नंं १० र १२ काे सडक किनार मणीग्राम शिवपुर खण्डमा वृक्षरोपण गरिएको छ । त्यहाको साढे २ किलोमिटर सडकमा गुलमोहर, कपुर, निम लगायतका बिरुवा रोपिएको हो ।
यस्तै आइतबार तिलोत्तमा नगरपालिकाको प्रवेशद्धार सिद्धार्थ राजमार्गको कोटिहवा क्षेत्रमा वृक्षरोपण गरिएको थियो । त्यहा पनि साढे २ किलोमिटर सडकमा सडकमा शोभनिय हुने खालका विभिन्न फूलका ५ सय बिरुवा रोपिएको हरितपुनस्थान प्रवद्धन परियोजना कोडिनेटर आरजु कार्कीले बताइन् ।

वृक्षरोपणमा युएनडिपीका लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल , तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाड, उपप्रमुख जगेश्वरीदेवी चौधरी, वडा न. १० र १२ का वडा अध्यक्ष , अन्य जनप्रतिनिधिहरू,जनसहभागीता वास सहभागीता वास सहकारी संस्थाका अध्यक्ष खेम प्रसाद गाैतम लगायतका पदधिकारीहरू, वातावरण शाखाका कर्मचारी, माेहनपुर टाेल विकास संस्था पदाधिकारी,युथ क्लबका पदाधिकारीहरू लगायतकाे वृक्षाराेपण कार्यक्रममा सहभागीता रहेको थियाे ।


लुम्बिनी रिभ्यू