• Saturday 25th July 2026

ओलीकाे प्रश्न : कोही छन् वाम पार्टी ? कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ?

ओलीकाे प्रश्न : कोही छन् वाम पार्टी ? कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ?

कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसदबाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काेही वामपन्थी  भए कांग्रेसको पुच्छर हुन छाडेर एकतामा आउन आव्हान गर्नुभएकाे छ ।

शनिबार नेपाल चीन हिमालय मैत्री समाजले काठमाडौंमा  आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै  नारायणकाजी श्रेष्ठले  वाम एकताको पहल गर्न आग्रह गरेपछि उहाँले त्यसका लागि गठबन्धन छाडेर आउँन आग्रह गर्नुभएकाे हाे ।

ओलीले भन्नुभयाे– यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न,गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु । चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मुद्दा हाल्न गएको होइन वामपन्थी ? कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसदबाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी ?

चुच्चे नक्सा छापेबापत आफू सत्ताबाट हट्नु पर्याे

ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताउनुभयाे।

उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू सत्ताबाट हट्नु परेकाे बताउनुभयाे ।

अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्था आएको टिप्पणी गर्नुभयाे। गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको पनि उहाँले बताउनुभयाे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend