• Saturday 25th July 2026

जिफन्टको आठौं राष्ट्रिय महाधिवेशन काठमाडाैँमा हुँदै,तयारी पूरा

जिफन्टको आठौं राष्ट्रिय महाधिवेशन काठमाडाैँमा हुँदै,तयारी पूरा


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन तयारी पूरा भएको छ ।
साउन ७ गतेदेखि ललिपुरको गोदबरीस्थित सनराइज सभाहलमा शुरु हुने महाधिवेशनको तयारी पूरा भएको जिफन्टले जनाएको छ ।
जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने महाधिवेशनमा देशभरबाट एक हजार जना प्रतिनिधिहरुले भाग लिनेछन् । महाधिवेशनमा बिभिन्न १७ राष्ट्रका ३६ जनाभन्दा धेरै मजदुर संगठनका मजदुर नेताहरु पनि सहभागि हुनेछन् ।
महाधिबेशनले नयाँ नेतृत्व चयनसंगै मजदुर हकहित र समसामयिक मुद्धाहरुमा बिशेष रणनीति तय गर्ने जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले जानकारी गराउनुभयो ।
जिफन्टले आगामी चार बर्षमा २० लाख श्रमीकहरुलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने, सरकारले तोकेको ज्याला लागू गर्न दवाव दिने, वैदेशिक रोजगारलाई मर्यादित बनाउने, विभिन्न क्षेत्रहरूमा क्रियाशिल रहेका श्रमीकहरुलाई कानुनको दायरामा ल्याउने लगायतका महत्वपूर्ण नीति अघि सारेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend