• Saturday 25th July 2026

सांगठानिक बिस्तारमा जाेड

सांगठानिक बिस्तारमा जाेड


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटिकाे जन संगठनकाे बैठक सम्पन्न बुटवल स्थित पुस्पलाल स्मृति भवनमा सम्पन्न भएकाे छ ।
जन संगठनका प्रमुख चित्रबहादुर कार्किकाे अध्यक्षतामा सम्पन्न बैठकमा पाटिका जिल्ला स्तरिय गतिबिधि, जनसंगठनकाे अवस्था, अबकाे कार्ययाेजना जस्ता बिषयमा जनसंगठनका अध्यक्ष तथा ईन्चार्जहरुले रिपोर्टिङ गरेका थिए ।
बैठकमा अनेमसंघ, प्रेस चाैतारि नेपाल, रास्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल किसान महासंघ, अनेरास्ववियु, मुक्ति समाज नेपाल, बुद्धिजिवि परिषद, प्रेस चाैतारि नेपाल, जनसास्कृतिक महासंघ, मुश्लिम ईत्तेहाद संगठन, अादिवासि जनजाति महासंघ, खेलकुद महासंघ, रिटर्नि फेडेरेशन नेपाल, ईन्जिनियर एशाेसियन, पेशागत महासंघ, लाेकतान्त्रिक रास्ट्रिय अपांग संगठन, मानव अधिकार एलायन्स, प्रगतिशिल कानुन ब्यवसायि संगठन, रास्ट्रिय स्वास्थमर्मि संघ, भुपु सैनिक तथा प्रहरि संगठन लगायतका जिल्ला अध्यक्ष तथा ईन्चार्जले जिल्लामा अा अाफ्नाे संगठनकाे सांगाठानिक अवस्थाकाे बारेमा जानकारि गराएका पाटिका प्रचार विभाग उपप्रमुख समेत रहेका प्रेस चाैतारि रुपन्देही ईन्चार्ज अमृत गिरिले जानकारि दिए ।
पुष्पलाल स्मृति भवन बुटवलमा आयोजित उक्त संयन्त्रको बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज भुमिश्वर ढकालले पार्टीले संगठन सुदृढीकरण,आन्तरिक एकता र नयाँ योजनाका साथ पार्टी केन्द्रित रहेको बताउनुभयो । उहाँले स्थानीय तहको चुनावको समीक्षा गर्दै पार्टीका सबै संयन्त्रलाई थप क्रियाशील बनाइने बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले रुपन्देहीका १६ वटै पालिका केन्द्रित विशेष अभियान सुरु भएको बताउनुभयो । उहाँले जनसंगठनका सबै संयन्त्रलाई अभियानमा केन्द्रित हुनेगरि कार्ययोजना बनाइने बताउनुभयो ।
यस्तै पार्टीका उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख हितराज पन्थीले पार्टी केन्द्रको सर्कुलर र नयाँ रणनीतिमा आधारित अभियानलाई जिल्लाका सबै पालिकामा प्रभावकारी बनाइने बताउनुभयो । जनसंगठन प्रमुख चित्रबहादुर कार्कीले रुपन्देही जिल्लामामा पाटिका जनसंगठनहरुलाई थप सुदृढीकरण र क्रियाशील गराउनुका साथै सांगठानिक बिस्तारमा जाेड दिनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend