• Saturday 25th July 2026

रूपन्देहीकाे ‘कल सेन्टर’ मा प्रहरी छापा : नाै जना पक्राउ, १ सय ५० जना कार्यालयभित्रै निगरानीमा

रूपन्देहीकाे ‘कल सेन्टर’ मा प्रहरी छापा : नाै जना पक्राउ, १ सय ५० जना कार्यालयभित्रै निगरानीमा

भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ

  • लुम्बिनी रिभ्यू

बुटवल ।  रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट  रुपन्देही प्रहरीले ९ जनालाई पक्राउ  गरेको छ । ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा संचालक ९ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।

प्रहरीले सेन्टरमा कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने कार्यरत करिब १ सय ५० जनालाई कार्यालयभित्रै निगरानीमा राखेको छ । कार्यालय सिल गरी उनीहरुमाथि सोधपुछ थालेको केसीले जनाए ।

‘कल सेन्टर’ मा तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

‘सञ्चालक भारतीय नागरिकको घर तथा कोठा पनि खानतलासी हुँदैछ । अहिले मुचुल्का गर्ने काम भइरहेको छ । त्यसपछि थप विवरणको आधारमा छानबिनका आधारमा कारबाही बढ्नेछ’, केसीले भने ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media

© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend