• Saturday 25th July 2026

एसईईको नतिजा सार्वजनिक हुँदै, परीक्षा बोर्डको बैठक जारी

एसईईको नतिजा सार्वजनिक हुँदै, परीक्षा बोर्डको बैठक जारी


  • लुम्बिनी रिभ्यू

काठमाडौं। एसईईको नतिजा सार्वजनिक गर्नको लागि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक जारी छ। नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएपछि औपचारिकताको लागि बैठक बसेको हो। नतिजा केही समयमा सार्वजनिक हुने तयारी छ ।

कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो। कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो।

५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend