काठमाडौं । निर्वाचन आयोगले मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकनको काम शुरु गरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको सरकारसँग परामर्श गरेको आयोगले पुनरावलोकनको गृहकार्य शुरु गरेको हो । यद्यपि सरकारले अझै निर्वाचनको मिति घोषणा गरिसकेको छैन ।
आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी आयोगले मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकनको कार्य कार्ययोजना समेत बनाई सुरु गरेको बताउनुभयो । त्यसका लागि साउन १ गतेदेखि आगामी भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी आयोगले गत असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्लामा पठाएको आयोगले जनाएको छ ।

लुम्बिनी रिभ्यू