
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाैंमा ठाउँ नभएपछि रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर फ्लाइट अवतरण भएको छ ।
व्यावसायिक उडान सञ्चालनमा आएको दुई महिनापछि काठमाडाैंको विकल्पको रूपमा चार्टर फ्लाइट अवतरण गरेको हो । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुई जना भिक्षु यात्रु बोकेर १२ सिटे हाई (एचएआई) एयरको हाइ ४९९ प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा बुधवार अवतरण भएको हो ।
पार्किङको लागि उक्त प्राइभेट विमान दिउसो सवा १ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको यो विमानले २ जना भियतनामी व्यापारी लिएर आएको हो ।
साउन १६ गतेसम्म विमानस्थलमै पार्किङ गरी राख्ने विमानस्थलका टर्मिनल व्यवस्थापन शाखा प्रमुख रमेश महतले जानकारी दिए । ५ दिनपछि उक्त विमान काठमाण्डौं हुँदै भियतनाम फर्किने कार्यक्रम रहेको छ ।
व्यापारिक प्रयोजनका लागि बिजनेस मेनलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाण्डौमै अवतरण गराएर यहाँ आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिएका छन् ।
भैरहवाबाट यो विमान १ अगस्टमा काठमाडौँ जाने छ, काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका रहेको छ । विमानमा २ सेट प्राविधिक रहेका छन् । एच ए आई ४९९ कल साइनको विमान हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान मात्रै हुँदै आएका थिए ।
वैशाख २८ गते पहिलो चार्टर विमान भारतबाट सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमानबाट आएको थियो ।

लुम्बिनी रिभ्यू